मारमा सर्वसाधारण : न रोगले रोक्यो, न लकडाउनले रोक्यो, न त झरीले नै !



काठमाडौं : अहिले काठमाडौं उपत्यकासहित देशभर झरी ‘वर्षा’ भइरहेको छ । त्यसोत आज लकडाउनको ३१ औँ दिन हो । तर, झरीको पर्वाह नगरी घर जाने हिँडेका सर्वसाधारणको भिड भने कम भएको छैन ।

काठमाडौंको कलंकी, कोटेश्वर लगायतका नाकाहरुमा घर जान झरीमा रुझ्दै बसको प्रतिक्षा गरिरहेका छन् ।

स्थानीय निकायहरूले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको कलंकी र कोटेश्वरको जडीबुटी क्षेत्रमा घरजानेको मजदुरको भिड लागेको हो ।

लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा बस्न समस्या परेपछि दैनिक मजदुरी गर्ने सर्वसाधारण हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।

लकडाउन शुरु भएको एक महिना पुग्न लाग्दा पनि खुल्ने सम्भावना नदेखिएपछि दैनिक काम गरी खानु पर्नेहरूलाई समस्या हुन थालेको हो ।

रोगले भन्दा भोगले मर्ने देखिएपछि दैनिह हजारौं मानिस हिँडेरै घर जान थालेपछि यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफैं सावारीसाधनको व्यवस्थापन गरी मानिसहरूलाई गन्तव्यसम्म लैजाने व्यवस्था मिलाएका हुन् ।

निरन्तर तीन दिनदेखि पानी परिरहेको छ । तरपति सयौं मानिस सवारीसाधनको प्रतीक्षामा छन् । सुरक्षाकर्मीहरूले समेत सहजीकरणको काम गरिरहेको देखिन्थ्यो ।

तस्वीर : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्