घरमै धारिलाे हतियार प्रयाेग गरी महिलाको हत्या



रुकुम : सल्यानको शारदा नगरपालिकामा एक महिलाकाे हत्या भएकाे छ। शारदा नगरपालिका ८ मार्केको सिमखर्ककी ५५ वर्षीया केवली सुनारको बिहीबार राति धारिलो हतियार प्रयाेग गरी हत्या गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

 

सुनारकाे घरमै धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

 

सुनारको घाँटीमै धारिलो हतियार भेटिएको उनले बताए। घटनाको अनुसन्धान गर्न कोहलपुरबाट कुकुर ल्याइएकाे छ। हत्या कसले गरेकाे भन्नेबारे हालसम्म जानकारीमा अाइनसकेकाे र अनुसन्धान जारी रहेकाे प्रहरीले बताएकाे छ।

 

सुनार लामो समयदेखि छोराहरुसँग भारतमा बस्दै आएकी थिइन्। उनी चार दिन अघि मात्रै घर आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्