कसरी सम्भव छ ठूला शहरहरू खुलाउन?



डा. रमेश आचार्य
एउटा नयाँ एम्पसको विकास गर्ने र उक्त एप्स भित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गर्ने । शहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राईभेट ईन्फरमेशन राखी सम्बन्धीत व्यक्तिलाई हेल्थ कोर्ड उपलब्ध गराउँने गराउँने, प्रत्येक व्यक्तिको कम्तिमा ३ हप्ताको विगतको रेकर्ड राख्न मिल्ने गरी बनाउने ।

त्यस एप्स भित्र शंकास्पद विरामी, संक्रमित विरामी र रोग नदेखिएका विरामी गरी तीन वटामा बर्गिकरण गर्ने । प्रत्येक नागरिक घरबाहिर जादा र घर भित्र आउँदा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य कोर्ड मार्फत प्रत्येक दिन ज्वरो र आफूमा देखिएका लक्षणहरु अपडेट गर्ने । यदि २१ दिन सम्म कुनै लक्षण र ज्वरो नदेखिएमा उक्त व्यक्तिको अपडेट अटोमेटिक ग्रिन बक्समा परिणत हुने बनाउने ।

संक्रमित देखिएमा रेड बक्स र शंकास्पद केश भएमा पहले बक्समा परिणत हुन्छ । यसरी कुनै कारणले यातायातका साधनहरुभित्र ,सुपरमार्केटमा तथा पार्कमा कुनै शंकास्पद व्यक्ति रहेछन् भने ग्रिन कोर्ड ईन्भ्यालिड हुन्छ । शहरमा बस्ने प्राय जसो मानिसहरुमा जिपिअस कहाँ कति समय गईयो भन्ने कुरा सिस्टमले देखाउँछ यो नयाँ एप्सको बिकास गरी शहरमा बस्ने सवै ब्यक्तिहरुलाई अनिवार्य हेल्थकोड उपलब्ध गराएमा प्रत्येक व्यक्तिले आफ्ना मोवाईल मार्फ स्क्यान गर्छ र स्क्यानमार्फत आफू स्वस्थ भएको नभएको, शंकास्पद व्यक्ति नजिक पुगे नपुगेको र संक्रमित व्यक्तिसँग नजिक भए नभएको थाँहा हुन्छ ।

त्यसैले सरकारले यस्तो एप्सको विकास गरी हरेक सार्वजनिक स्थानमा स्टिकरहरु ठाँउ ठाँउमा टास्ने र व्यक्तिले स्क्यान गरेर स्वस्थयको जाँच गरी कहि पनि जान नसक्ने हुन्छ यो नै २१ औँ शताब्दीको भाईरस विरुद्धको सवै भन्दा ठूलो रोकथामको उपाय हुन सक्छ ।

त्यसैगरी हाल सम्म नेपालमा नेपालीहरुले अनिावर्य तापक्रम लिनुपर्दछ भन्ने बुझाई भएपनि सर्वसाधारण नागरिकहरुले घरमा थर्मो्मिटर किनेर राखेका छैनन। रेड जोन र एल्लो जोनमा पर्ने सवै जिल्लाहरुका नागरिकहरुलाई समूहमा विभाजन गरी प्रत्येक टोलमा कम्तिमा एउटा थर्मल गन उपलब्ध गराउँने र त्यस टोलमा काम गर्ने स्वास्थ्य स्वयमसेविका मार्फत तापक्रम लिनका लागि नागरिहरुलाई प्रोत्साहन गर्ने एवं सामाजिक दुरी कायम गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने ।

देशैभरिका ठूला शहरुमा पूर्ण रोकथाम नभए सम्मका लागि ठूला साना बाटोहरुमा कम्तिमा दिनमा एक चोटी सडक, , सुपरमार्कोट, फोहरहरु थुपारिने ठाउँ, सार्वजनिक यातायात ससना गल्ली एवं चौतारीहरुमा डिसईन्फेक्सन गर्ने र सवै नागरिकहरुलाई मास्कको प्रयोग गर्न , अनिवार्य २ मिटरको दूरी कायम गर्न दिनमा चार चोटी भन्दा बढी साबुनपानीले मिचि मिची हात धुन, स्यानिटाईजर प्रयोग गर्न प्रोत्साहन गर्ने ।

पिसिआर र आरडीटिको लाखौ परिक्षण बेगर नेपालमा संक्रमित कति छन् भन्ने कुरा थाँहा नहुने भएकाले सकभर सवै जिल्लाहरुमा पिसिआर र आरडिटी परिक्षण सञ्चालन गर्ने र कम्तिमा ५ लाख देखि १० लाख व्यक्तिहरुको परिक्षण गर्ने लक्षय राख्ने ।

(लेखक पेशाले चिकित्सक हुन् ।)

प्रतिक्रिया दिनुहोस्