भोजपुरका २६ वर्षीय युवामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो



विराटनगर : भोजपुरका २६ वर्षीय युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थ्रोट स्बावको परीक्षणमा भोजपुर हथुवागढीका युवामा कोरोना भएको पुष्टि भएको हो ।

प्रदेश १ सरकारका अनुसार संक्रमित व्यक्ति विदेशबाट आएका थिए । उनको बारेमा थप विवरण आएको छैन ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्