एसी मिलान जुनियर क्याम्प चैतमा, तयारी तीव्र  



काठमाडौं: इटालियन क्लब एसी मिलान फुटबल क्लबको जुनियर क्याम्प चैत अन्तिम साता काठमाडौंमा हुने भएको छ । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प चैत २४ देखि ३० गतेसम्म हुन लागेको हो ।  

कार्यक्रम संयोजक थम्मन भुषालले जुनियर क्याम्पमा फस्ट कम फस्टको आधारमा करिव १ सय जनाको सहभागिता रहने बताए । क्याम्पमा प्रशिक्षण दिन इटालीबाटै प्रशिक्षकहरु नेपाल आउने र उनीहरुलाई नेपालका सहायक प्रशिक्षकहरुले साथ दिनेछन् । उत्कृष्ट एक खेलाडीलाई एसी मिलानकै क्याम्पमा प्रशिक्षणका लागि सामेल गराइने संयोजक भुषालले बताए ।

क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । दुई वर्षअघि भएको पहिलो संस्करणमा १२५ जनाले प्रशिक्षण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्