धनजनको क्षतिले बन्यो धेरै गाउँ शहर कुरुप



२०७२ साल १२ को वैशाख,
घरवारविहीन भए लाखौँलाख ।
११ बजेर ५६ मिनेटमा आयो ठूलो भूकम्प,
धरहरा ढल्यो बदलियो गाउँ शहरको रुप ।

वैशाख १३ को पनि थियो यही रुप,
धनजनको क्षतिले बन्यो धेरै गाउँ शहर कुरुप ।
नक्सापासबिना देखियो धेरै ठूलाठूला घर,
नियम कानुन मिच्नेको परौं कसरी भर ?

ठूलाठूला अपार्टमेन्टको देखियो बिजोग,
गुणस्तर छानबिन गर्न खोइ त आयोग ?
मानव मार्न गरियो बस्तीको विकास,
बनाऔँ मानव रक्षित सुन्दर आवास ।

वैशाख २९ गते पनी हल्लियो नेपाल,
बनायो फेरी सम्पूर्ण नेपालीलाई बेहाल ।
बनाऔँ अब भूकम्प प्रतिरोधात्मक घर,
कुन बेला यो आउने हो छैन यसको भर ।

कहिलेसम्म हामी रहने हो अचेल,
अब हामी सबै हुनुपर्दछ सचेत ।।

प्रतिक्रिया दिनुहोस्