अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न : कांग्रेस



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई उन्मुक्ति दिन नमिल्ने बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले यस घटनाबारे गहिरो अनुसन्धान गर्न र जो कोहीको संलग्नता रहे पनि कारबाहीको माग गरेको हो। कांग्रेसले चौतर्फी विरोधपछि सरकार दुबै अध्यादेश फिर्ता लिन बाध्य भएको बताएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। गत सोमबार दुई अध्यादेश ल्याएपछि सरकारको सत्तारुढ पार्टीभित्रै र बाहिरबाट समेत चर्को विरोध भएपछि सरकारले ती दुई अध्यादेश फिर्ता लिएको हो।

प्रतिक्रिया दिनुहोस्