१७ नेपालीलाई कतारले आममाफी दियो



काठमाडौं : कतारले (कोभिड-१९) लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ जना नेपालीलाई आममाफी दिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् । आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुने छन् । लागू औषध कारोबारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरीमा संलग्न २ तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका १-१ नेपाली रिहा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्