प्रधानमन्त्री र देउवाबीच एक्लाएक्लै छलफलपछि प्रचण्ड थपिए



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै भएको छलफलपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छलफलमा जोडिएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओली सभापति देउवालाई फोन गरेर बालुवाटार बोलाएर समसामयिक विषयमा एक्लै छलफल गरेका हुन् ।

देउवा र ओलीको छलफलपछि प्रचण्ड पनि सहभागी भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटारमा सामूहिक भेट र छलफल जारी रहेको छ ।’

छलफलमा पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिइएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्