सरकार र पार्टी नेतृत्वमा परिवर्तन हुनुपर्छ : अष्टलक्ष्मी शाक्य



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले अबको सरकार र पार्टी नेतृत्वमा परिवर्तन हुनुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशबारे सञ्चारकर्मीसँग कुरा गर्दै स्थायी समिति सदस्य शाक्यले लोकतान्त्रि, गणतन्त्रलाई बोक्न सक्ने र जनताको भावनालाई आत्मसाथ गर्न सक्ने खालको नेतृत्व आवश्यक रहेको बताइन् ।

‘अबको नेतृत्व भनेको समय अनुकूल नेतृत्व गर्नसक्ने हुनुपर्यो । जनताको भावनालाई कुर्चेर हैन जनताको भावनालाई आत्मसाथ गरेर हिँड्ने नेतृत्व हुनुपर्यो ।’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले– ‘हामी पनि यो पार्टी बनाउन, लोकतन्त्र, गणतन्त्र ल्याउनको लागि धेरैको त्याग गरेका छौं । पुष्पलालदेखि यति त्याग र बलिदानीको फलबाट यो नेपाल कम्युष्टि पार्टी बनेको छ । त्यसैले यो सब बुझ्ने नेतृत्वको आवश्यक छ ।’

उनले थप्दै भनिन्–‘प्रधानमन्त्रीले के कारणले अध्यादेश ल्याए र किन फिर्ता लिए यसबार आफूहरुलाई जानकारी गराउपर्छ ।’

अध्यादेश लागू गर्नु अगाडी पार्टी भित्र छलफल हुन्छ । तर, कुनै छलफल बिनै अध्यादेश जारी गर्न प्रधानमन्त्री ओलीलाई कहाँबाट आट आयो ? उनले प्रश्न गरिन् ।

‘उहाँ पार्टी अध्यक्ष हो । आर्दणिय हो । उहाँको काममा सबैले सहयोग गर्नुभएको छ । तर, एकाएक यो खालको विधेयक । जुन संविधान विपरित, कानुन विपरित र लोकतन्त्र–गणतन्त्रको खिलाफमा गएर यस्तो खालको अध्यादेश लागू गर्ने आट कहाँबाट आयो ।’ स्थायी समिति सदस्य शाक्यले भनिन्–‘स्थायी कमिटि र केन्द्रीय कमिटि छ । अझ यस्तो महत्व पूर्ण निर्णय त केन्द्रीय कमिटिमा छलफल हुनुपर्छ । कोहीसँग सल्लाह नगरिकन यो अध्यादेश जारी भएपछि अच्चम लाग्यो ।’

साथै प्रधानमन्त्रीको क्रियाकलापले पीडा दिएको उनको भनाइ छ ।

के कारणले अध्यादेश लागू भयो र के कारणले फिर्ता भयो यसको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्