जगरनाथपुर गाउँपालिकाको राहत वितरण तथा खरीदमा व्यापक अनियमितता



वीरगन्ज : लकडाउनबाट प्रभावितको नाममा पर्साको जगरनाथपुर गाउँपालिकामा राहत वितरणमा पनि व्यापक अनियमितता तथा भ्रष्टचार भएको भएको छ ।

गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीले राहत वितरणमा अनियमिता तथा भ्रष्टचार गरेको गाउँपालिकामा राहत वितरण गर्न गठन गरिएको सर्वदलिय समितिका नेताहरुले नै आरोप लगाएका छन् ।

सर्वदलिय समितिमा रहेको नेपाली काँग्रेस, समाजवादी पार्टी, राजपा, नेकपा लगायतकाले संयुक्त रुपमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले आफनै मनोमानी ढंगले राहत विरतण गरी राहतमा पनि व्यापक रुपमा अनियमितता गरेको आरोप लगाएका हुन् ।

गाउँपालिकामा गत चैत्र २७ गते सर्वदलिय समितिको बैठक बसी अतिविपन्न घर परिवारलाई पहिचान गरी मापदण्डकै आधारमा राहत वितरण गर्ने निर्णय गरेको थियो, समितिमा रहेका नेपाली काँग्रेसका नेता सहरुम राउत गद्दीले भने, तर गाउँपालिका अध्यक्षले राहत लिने व्यक्तिहरुको नामवाली तयारी नै नगरी आफू अनुकुल व्यक्तिहरुको घर घरमा रातीको समयमा राहत वितरण गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष मंसुरीले आफनो मनोमानी ढंगले र आफनो अनुकुल व्यक्तिहरुलाई रातीको समयमा लुकिछिपी घर घरमा राहत विरतणले गर्दा लकडाउनबाट प्रभावित अतिविपन्न परिवार राहत पाउँनबाट बञ्चित भएका हुन् । अध्यक्षले राहत वितरणमा गरेको अनियमितता तथा भ्रष्टचार प्रति घोर आपत्ति जनाउँदै समितिले विज्ञप्ती मार्फत् सम्बन्धीत निकायको ध्यानकर्षण गरेको छ ।

चैत्र २७ गते गाउँपालिकामा बसेको सर्वदलिय समितिले अतिविपन्न परिवारलाई राहत सामाग्री वितरण तयार गर्दा प्रति परिवारलाई २५ किलो चामल, अढाई किलो दाल, ३ किलो आलु, १ किलो प्याज, २ किलो नुन र १ किलो तेलको राहत प्याकेज बनाएर वितरण गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष मंसुरीले स्थानियलाई चामल, आलु र प्याज मात्र वितरण गरेका छन् ।

तर उनीहरुसँग चामल २५ किलो, अढाई किलो दाल, ३ किलो आलु, १ किलो प्याज, २ किलो नुन, १ लिटर तेल, आधा किलो सोयाविन र ४ पिस साबुन वितरण गरेर भनि भरपाई समेत गराई अध्यक्ष मंसुरीले राहत वितरणमा व्यापक अनियमितता गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि संघ, प्रदेश र गाउँपालिकाको कार्यालयबाट के कति बजेट विनियोजन गरिएको छ, त्यसबारेमा पनि गाउँपालिका अधिकृत वा अध्यक्षले सर्वदलिय समितिलाई जानकारी गराएको छैन, समितिका सदस्य एवं नेपाली काँग्रेसका श्रीकान्त यादवले भने, बजेट बारे सूचना माँग्दा समेत जानकारी गराईएको छैन, आफ्नै मनोमानी ढंगले राहत समाग्री खरीद गरेर राहत खरिदमा पनि भ्रष्टचार गरेको हुनाले छानविन हुनुपर्छ ।

संक्रमण रोकथामको नाममा गाउँपालिकाले माक्स वितरणमासमेत अनियमितता गरेको खुलाईएको छ । गाउँपालिकाले वितरण गरेको माक्स गुणस्तरहिन रहेको थियो र जनप्रतिनिधिहरुले आफ्नो घरमा बाल्टी साबुन राखी सार्वजनिक स्थलममा जनताको प्रयोगको लागि राखिएको भनेर झुठो प्रचार प्रसार गरेको छ ।

गाउँपालिकामा कुल जनसंख्या ३५ देखि ३६ हजार मात्र छ तर गाउँपालिका अध्यक्ष मंसुरीले स्थानिय संचारमाध्यबाट आफ्ना गाउँपालिकाको जनताको लागि ५० हजार भन्दा बढी माक्स वितरण गरेको झुठो प्रचारप्रसार गरेर यसमा पनि व्यापक अनियमितता गरेकोले स्थानिय प्रशासनले छानविन गरी कारवाही गर्नुपर्ने माग सर्वदलिय समितिले गरेका छन् ।

गाउँपालिकामा वितरण गर्नको लागि खरीद गरिएको राहतका सामाग्रीहरु वडाअध्यक्षहरुले आफ्नै घरमा भण्डार गरी मनोमानी तरिकाले आफ्नै आसेपासेलाई वितरण गरेको हुनाले जनप्रतिनिहरुको घरमा भण्डारण गरिएको राहत सामाग्री तुरुन्त सार्वजनिक स्थलमा भण्डारण गर्नुपर्ने पनि जोडदार माग गरेका छन् ।

बैठकमा राजनितिक दलहरु, नागरिक समाज र आम गाउँपालिकाका दिदिबहिनी दाजुभाईहरुमा गाउँपालिकाको भ्रष्ट निति प्रति थप चनाखो भई प्राप्त गरेको सामाग्रीहरुको मात्र भरपाई गर्नु र यस्ता गलत कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिलसमेत गरेको छ ।

कोरोना भाइरसबाट बच्न बचाउनका लागि गाउँपालिकाबाट कुनै व्यवस्थापनमा चासो नराखी झुठो प्रचारप्रसार गरी राहत वितरणमा भेदभाव एवं राजनितिकरण गरी अतिविपन्न परिवार भोकभोकै बस्ने स्थितीको सृजना भई आएकोले अतिविपन्न परिवारलाई वडा नं.१ देखि ६ सम्म समान रुपले सर्वदलिय समितिको रोहबरमा वितरण गर्न माग गरेको छ ।

साथै मुलुक लकडाउन भएका अवस्थामा गाउँपालिकाबाट किसानहरु लाई मल उन्नत विउ, र आवश्इक कृषि सामाग्री पुर्ण अनुदानमा तुरुन्त व्यवस्था गर्न माग गरेको समितिमा सहभागि समाजपार्टी पार्टीका नेता कृष्णमोहन प्रसाद यादवले बताए । बैठकमा नेपाकाका श्रीकान्त प्रसाद यादव, राजपाका हाकिम मियाँ, नेकपाका कपिलदेव यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्