अहिलेसम्म ४७ हजार ५ सय ९६ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन



काठमाडौं : देशभर अहिलेसम्म ४७ हजार ५ सय ९६ नजामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ९ हजार ४ सय ७ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ३८ हजार ८९ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार बागलुङमा १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना संक्रमित उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

सबैभन्दा धेरै संक्रमित भेटिएको उदयपुरको चौदण्डी र त्रियुगाा नगरपालिकाको विभिन्न स्थानबाट कोरोेना परीक्षणका लागि स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश २ अन्तर्गतको सबै जिल्लाका २७ स्थानबाट १५ सय बढी नमूना संकलनका लागि टोली खटाइएको देवकोटाले बताए।

आजसम्म देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्