जनकपुरस्थित मस्जिदमा रहेका ९ जना मौलानाहरुको कोरोना परिक्षण



जनकपुरधाम : प्रदेश १ को उदयपुर र प्रदेश २ को पर्सामा भारतबाट फर्किएका जमातीहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित एक मस्जिदमा रहेकाहरुको कोरोना परिक्षण गरिएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप जनकपुरधाम उपमहानगरपालिका वडा नं.२५ लोहनास्थित जामिया बरकातुन्न नबि मस्जिदमा रहेका ९ जनाको मौलानाहरुको सहमतिमै कोरोना परिक्षण गरिएको बताइएको छ ।

लोहनास्थित सो मस्जिदमा भारतका शिक्षक शिक्षिकाहरु बस्दै आएको सूचना प्रहरीले पाएपछि उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पतालमा ल्याएर आरडिटी टेस्ट गरिएको र सबैको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई फेरि मस्जिदमै पुर्याइएको बताइएको छ ।

उनीहरुमध्ये विगत करिव डेढ बर्षदेखि सो मस्जिदमा अध्यापन गराउँदै आईरहेको र लकडाउनका कारण आफ्नो घर फर्किन नसकेको बताइएको हो । कोरोना परीक्षणसँगै धनुषाका सबै मस्जिद लगायत अन्य सबै धार्मिक स्थलहरुमा समेत सामूहिक धार्मिक गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय पनि प्रशासनले गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्