कोरोना कोषमा निर्वाचन आयोगको ४ लाख ९३ हजार सहयोग



काठमाडौं ; निर्वाचन आयोगले कोरोना कोषमा ४ लाख ९३ हजार जम्मा गरेको छ।

प्रमुख आयुक्त र आयुक्तहरुले १५ दिनको पारिश्रमिक र कार्यरत कर्मचारीहरुको पारिश्रमिक गरी कूल ४ लाख ९३ हजार ९ सय ३५ जम्मा गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले जिल्ला निर्वाचन कार्यालयलाई तोकिए बमोजिमका दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्