महानगरीय अपराध महाशाखामा थापा, काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली



काठमाडौं : गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखाका लागि जिम्मेवारी तोकेको छ ।

मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापालाई पठाएको छ।

ज्ञवाली यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए ।

डीआईजीमा बढुवा भएपछि काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाले नयाँ जिम्मेवारी पाएका छन् ।

डीआईजी थापाले आजै मात्र सीआईबी प्रमुखको जिम्मेवारी सम्हालेका छन् भने सुवेदीले सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्