बावुबाट छोरी बलात्कृत



अर्घाखाँची : अर्घाखाँचीको शितगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन्। शितगंगा नगरपालिकामा स्वयं आफ्नै बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार बनेकी हुन् । श्रीमती घरमा नभएको बेला डर देखाएर छोरी बलात्कार गर्ने बावुलाई उनकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

श्रीमतीका अनुसार आफु घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी मात्र घरमा भएको मौका छोपी डर त्रास देखाएर श्रीमानले राती १० बजे बलात्कार गरेका हुन् । आफ्नै श्रीमान भएपनि कानुन बमोजिम कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो । आफ्नै बावु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखेर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्