सरकारले गहुँको समर्थन मूल्य तोक्यो



सुखड्: सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मूल्य तोकेको हो ।

सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७४-७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो ।

त्यस यता मूल्य निर्धारण भएको थिएन । गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको कृषिमन्त्री धनश्याम भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्