क्वारेन्टाईन व्यवस्थापनका लागि वर्ल्ड भिजनद्वारा सामग्री हस्तान्तरण



सुखड : वर्ल्ड  भिजन इन्टरनेशनल नेपालले क्वारेन्टाईन व्यवस्थापनका लागि कैलाली, डोटी र अछामका विपद् व्यवस्थापन समितिलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

वर्ल्ड  भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्थाहरुको साझेदारीमा क्वारेन्टाईन व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले कोरोना भाइरस प्रतिकार्य योजना अन्तर्गत कोरोना भाइरस प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले क्वारेन्टाईन व्यवस्थापनका लागि कैलाली, डोटी र अछाममा ८ सय २० ओटा त्रिपाल, १ सय ६० ओटा बाल्टी, १२ रोल पिफम, २ सय ओटा कम्बल, ४९४ ओटा झुल हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरणले कैलाली, डोटी र अछाम जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सहयोग हुने भिजनले विश्वास लिएको छ । तयसले कैलालीलाई २ सय ६० ओटा त्रिपाल, ५० ओटा बाल्टी, ४५ रोल पिफम, ४ सय ९४ ओटा कम्बल, २ सय ओटा झुल हस्तान्तरण गरेको छ ।
त्यस्तै डोटी लाई १ सय ८० ओटा त्रिपाल, ४५ ओटा बाल्टी, ९ रोल पिफम, १ सय ओटा कम्बल, १ सय ओटा झुल र अछाम लाई १ सय ८० ओटा त्रिपाल, ४० ओटा बाल्टी, ९ रोल पिफम, ९० ओटा कम्बल, झुल ९० ओटा हस्तान्तरण गरिएको छ ।

साथै वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा कार्यरत क्षेत्र कैलालीको भजनी, घोडाघोडी, टिकापुर, गौरीगंगा नगरपालिका, कैलारी गाँउपालिकामा पनि क्वारेन्टाईन ब्यवस्थापनका प्रत्येक पालिकाका लागि विभिन्न सामाग्रीहरु ४० ओटा त्रिपाल, ११ ओटा बाल्टी, ३ रोल पिफम, २० ओटा कम्बल, २० ओटा झुल, ८ क्विन्टल चामल, १ सय ३० ओटा साबुन, ३६ ओटा सेनिटाईजर, ३ ओटा जग गरी जम्मा २ सय ओटा त्रिपाल, ५५ ओटा बाल्टी, १५ रोल पिफम, १ सय ओटा कम्बल, १ सय ओटा झुल, ४० क्विन्टल चामल, ६ सय ५० ओटा साबुन, १ सय ८० ओटा, जग १५ वटा सेनिटाईजर सम्बन्धित नगरपालिका लाई हस्तान्तरण गरिएको छ ।

क्वारेन्टाईन व्यवस्थापन तथा सरसफाई प्रयोजनका सामग्रीहरुको हस्तान्तरणमा स्थानीय तहका सरकारका प्रमुख एंव प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी र केही कर्मचारीहरुका उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्