कुरिनघाटमा बसको ठक्करबाट एकको मृत्यु



चितवन: चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग३ख ३२६९ नम्बरको बसले लु५प ६८५६ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनघाटमा बुधबार राति ९:४५ बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही गाउँपालिका-४, लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्