बढी मूल्यमा पि.पि.इ. बेच्ने पसललाई दुई लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई पि.पि.इ. सेट बिक्री गरेको पाइएपछि कार्बाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा महालक्ष्मी इशान इन्टरप्राइजेज प्रा.लि. त्रिपुरेश्वर, काठमाडौंले पि.पि.इ. सेट तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई २ लाख जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्