सिनेकर्मी सम्पदा मल्लको नयाँ कार्यक्रम ‘लकडाउन रन्डेभु विथ सम्पदा’



काठमाडौं : कोरोना भाइरस महामारीको त्रासमा बितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउन लेखक एवं सिनेकर्मी सम्पदा मल्लको नयाँ कार्यक्रम शुरु भएको छ । संसारभरका विभिन्न देशमा रहेका नेपाली सेलिब्रेटीसँग सम्वाद गरिने यो कार्यक्रमको नाम ‘लकडाउन रन्डेभु विथ सम्पदा’ नाम राखिएको छ ।

एसआरबीएन मिडियाको प्रस्तुत ‘लकडाउन रन्डेभु विथ सम्पदा’ कार्यक्रममा सम्पदाले सेलिब्रेटीसँग सम्वाद गर्ने छन् । एसआरबीएन मिडियाले यस अघि नेपाली टेलिभिजनमा नयाँ कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको थियो । यस कार्यक्रम मार्फत देश र विदेशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वसँग लकडाउनले उनीहरुको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिने जनाएको छ ।

गुन्द्रुक नामक युट्यूब च्यानलमा हरेक दिन प्रशारण हुने यस कार्यक्रममा चर्चित व्यक्तित्वहरु दिपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिङ्ग ठकुरी, सत्य स्वरुप, अनुप बराल, दीया मास्के, विपिन कार्की आदिले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्