आरडीटी भरपर्दो देखिएन : मानवअधिकार आयोग



काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले कोरोना परीक्षण गर्दा आरडीटी विधि भरपर्दो नदेखिएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति निकालेर आयोगले कोरोना परीक्षण गर्दा आरडीटी विधि भरपर्दो नदेखिएको भन्दै पीसीआर विधिबाट मात्रै परीक्षण गर्न आग्रह गरेको हो।

अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए नभएको यकीन हुने हुँदा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिन आग्रह गरेको छ।

यस्तै, आयोगले संक्रमितहरुको संख्या बढ्दै गएको परिस्थितिमा संक्रमितहरुको परीक्षण कतिपय स्थानमा सुचारु रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्