भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, कतिको मृत्यु?



भारत : छिमेकी मुलुक भारतमा केही दिनयता कोरोनभाइरस संक्रमणको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ६८४ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा २३ हजार ४ सय ५२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यीमध्ये ४ हजार ८ सय १३ जना उपचारपछि ठिक भइसकेका छन् । भने भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ सय २३ पुगेको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा यसअघि २१ दिन जारी गरिएको लकडाउन १४ अप्रिलमा सकिएपछि ३ मेसम्म थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्