यसकारण भएको थियो ऋतिक र सुज्यानको ‘डिभोर्स’



एजेन्सी : कुनै समय बलिउडको लोभलाग्दो जोडी थियो ऋतिक रोशन र सुज्यान खान । तर, सन् २०१४ मा यो जोडीले डिभोर्स गर्ने निर्णय लियो । एकाएक यो निर्णयले पुरै बलिउड नै आश्चर्यचकितमा परेको थियो ।

ऋतिक रोशन बलिउडको उचाइमा थिए भने उनलाई घरपरिवारबाट पनि राम्रै सहयोग भएको अनुमान गरिएको थियो । तर, घरभित्र उनीहरुको सम्बन्ध टुक्रिने अवस्थामा पुगिसकेको थियो । विवाह गरेको १३ औ वार्षिकी मनाउनुको केही दिन अघि यो जोडीले छुट्टिने निर्णय लियो ।

अर्जुन रामपाल सुज्यानको मिल्ने साथी थिए । उनीसँग अफेयर भएका कारण डिभोर्स भएको हल्ला बाहिर आयो । अर्जुन र उनकी श्रीमतीले उक्त समाचारको खण्डन गरे । यसको असर उनीहरुको वैवाहिक सम्बन्धमा पनि देखियो । केही वर्ष लगत्तै अर्जुन र मेहरले पनि डिभोर्स गरे । तर, उनीहरुको कारणले ऋतिकको घरमा भने आगो नलागेको पछि खुल्न गयो ।

डिभोर्सका गर्दा सुज्यानले ४०० करोड मागेको खबरले पनि ठुलो चर्चा पायो । तर, उनले के कति रकम लिएर ऋतिकसँग डिभोर्स गरिन त्यो आज पनि रहस्यमा नै छ ।

ऋतिकको बाहिर अफयेर भएका कारण सुज्यानले डिभोर्स मागेको खुलासा भयो । पहिला त ऋतिक र करिनाको अफयेरका कारण डिभोर्स भएको चर्चा चल्यो । त्यसपछि उनको नाम अभिनेत्री बारबारा मोरीसँग जोडियो । यो हल्ला हल्लामा मात्र सिमित रह्यो । तर, यसबारे ऋतिकले केही प्रतिक्रिया दिएनन् ।

पछि उनको नाम एकाएक कंगना रणावतसँग जोडियो । कंगनासँगको सम्बन्धबारे ऋतिकभन्दा उनको परिवारले जबाफ दियो । तर, कंगनाले ऋतिकबारे खुलेरै बोलिदिइन् जसका कारण उनी निकै अप्ठेरोमा परे । यहाँसम्मकी उनीहरुको मुद्धा अदालतमा समेत पुग्यो । मिडिया रिपोर्टका अनुसार ऋतिकको डिभोर्स हुनुमा कंगनाको ठुलो हात रहेको थियो ।

फिल्म क्रिसबाट उनीहरु नजिकिएका थिए । केही महिनासम्म डेट समेत गरेका थिए । त्यो कुरा सुज्यानले थाहा पाएपछि उनीहरुको वैवाहिक जीवनमा आगो लागेको थियो । मिडिया रिपोर्टका अनुसार सुज्यानलाई फकाउन रोशन र खान परिवारले हरसम्भव प्रयास गरेको थियो तर, असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्