को थिइन् अमिताभ बच्चनकी पहिलो प्रेमिका ?



एजेन्सी : अमिताभ बच्चनकी पहिली प्रेमिका न त जया बच्चन थिइन न त रेखा । त्यसो भए को थिइन त ? उनकी पहिलो प्रेमिका ब्रिटिस कम्पनी आइसीआइमा काम गर्ने महाराष्ट्रकी युवती चन्द्रा (नाम परिवर्तन) थिइन् । दुवै जना कलकत्तामा जागिर गर्थे । अमिताभलाई १५ सय र चन्द्रालाई ४ सय तलब मिल्थ्यो ।

अमिताभले ती युवतीसँग विवाह पनि गर्न चाहेका थिए । तर, कुरा नमिलेपछि उनी नोकरी र कलकत्ता छाडेर मुम्बई आए ।

त्यो बेला उनको २६ दिनको तबल पनि काटिएको थियो । पछि ती युवतीले बंगाली फिल्मको फेमस नायकसँग विवाह गरिन् । बताइएअनुसार ती युवतीले अमिताभसम्म विवाहका लागि अस्वीकार गरुन्जेल बंगाली नायकसँग उनको कुनै सम्बन्ध थिएन ।

उनले ब्रिटिस कम्पनीका काम गर्ने चन्दा पहिले अमिताभसँग विवाह गर्नका लागि राजी थिइन तर पछि उनले अस्वीकार गरिदिइन् । कयौं कोशिसका बाबजुद पनि उनीहरुको कुरा मिलेन ।

उनी एक समय आफ्नी बहिनीसँग वल्र्ड टुरमा निस्किएकी थिइन् । त्यहाँबाट फर्किएपछि अमिताभले चन्द्रालाई विवाह प्रस्ताव राखेका थिए तर उनले मानिनन् ।

प्रतिक्रिया दिनुहोस्