प्रवासी नेपालीहरुको सहयोगमा भीमदत्त नगरपालिकामा खाद्यन्न सहयोग



धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकालाई प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेका छन् ।

काठमाडौंका समाजसेवी प्रविन श्रेष्ठको पहलमा बेलायत,ओमन,युके,साउदी,बेल्जीयस,कतार,दुबै र फ्रान्स बस्ने प्रवासी नेपालीहरुले खाद्यान्न सहयोग गरेका हुन् ।

बेलायतबाट भोला खनाल, ओमनमाबाट सबु सुनुवार, युकेबाट इशा गुरुङ, साउदीबाट डोरी लाहुरे, बेल्जीयसबाट सुनिता गुरुङ, कतारबाट तारा केसी, दुवईबाम अमृत खड्का, फ्रान्सबाट बिमलाले खाद्यान्न सहयोग गरेका हुन् ।

भीमदत्त नगरपालिकालाई ८९ बोरा जीरा मसिनो चामल सहयोग गरेका हुन् । दैनिक ज्वालादारी काम गरेर जीवन गुजारा चलाउने परिवारका लागि भनेर प्रवासी नेपालीहरुले सहयोग गरेको खाद्यान्न हिजो नगर प्रमुख विष्टलाई हस्तान्तरण गरिएको भष्टाचार विरोधी अभियन्ता शारदा भुषालले जानकारी दिईन् ।

ष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउँद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एवं महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, कञ्चनपुरका युवा उद्यमी किरण साउँद र सामाजिक अभियन्ता तथा युवा नेता दिपक डोटेलले सहयोगका लागि पहल गरि दिन श्रेष्ठलाई अनुरोध गरेका थिए ।

उनीहरुको अनुरोधपछि श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुसँग सहयोगको पहल गरेका थिए । शुक्रबार एक समारोहकाबीच भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

नगर प्रमुख विष्टले नगरपालिका क्षेत्रका गरिब, विपन्न एवं दैनिक मजदुरी गरि गुजारा चलाउनेहरुलाई खाद्यान्न वितरण गरिने बताए । खाद्यान्न प्राप्त पश्चात प्रमुख विष्टले लकडाउनका कारण समस्यामा परेका दैनिक काम गरी खानेहरुलाई सहयोग निकै ठूलो मद्दत पुग्ने बताउँदै सहयोगको पहल गर्ने सबैलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस्