३१ जना दलित समुदायका पत्रकारहरुलाई राहत वितरण



काठमाडौं : राष्ट्रिय दलित पत्रकार संघ नेपाल र जागरण मिडिया सेन्टर (जेएमसी) ले लकडाउनका बेला पनि सक्रिय रुपमा कलम चलाउँदै आएका दलित समुदायका पत्रकारहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

संघ र जेएमसीको पहलमा शुक्रबार काठमाडौं उपत्यकामा क्रियाशिल ३१ जना दलित समुदायका पत्रकारहरुलाई मास्क,सेनिटाइजरका साथै खाद्यान्न सामाग्री वितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका समयमा पनि निरन्तर समाचार सम्प्रेषणमा सक्रिय रहेका पत्रकाररुलाई समाचार संकलनका लागि दैनिक फिल्डमा हिड्न सजिलो होस् र दैनिक जिविकोपार्जमा समेत सहज होस् भनेर अमेरिकास्थित भक्त बिबि नामक गैरसरकारी संस्थाको सहयोगमा सुरक्षा सामाग्री तथा खाद्यन्न वितरण गरिएको जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बहादुर विश्वकर्माले बताएका छन् ।

मानवताको हकहितका लागि अमेरीकाको टेक्सासमा स्थापना गरेको भक्त बिवि संस्थालाई हामीले सहयोगका लागि अनुरोध गरेपछि उहाँहरुले सहयोग गरेको अध्यक्ष बिश्वकर्माले बताए । सो संस्थाले उपलब्ध गराएको ती सबै सामाग्री भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुषाल, प्रवीण श्रेष्ठ, रतन चन्द, ज्ञानेन्द्र भट्ट लगायतले थापागाउँस्थित जागरण मिडिया सेन्टरको कार्यालयमा सेन्टरका अध्यक्ष विश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्