महिलाको शंकास्पद मृत्यु, कृष्ण दमाई प्रहरी नियन्त्रणमा



डोटी : डोटीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका ८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शुक्रबार बिहान उनी घाइते अवस्थामा घरमा भेटिएको र उपचारका लागि डडेल्धुरा अस्पतामा लग्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकामा चोट लागेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कर्ण बोहराले बताए । पोष्टमार्टम रिपोर्ट भने आएको छैन । घटनापछि राजुका श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्