धनगढीमा साझा पार्टीको रक्तदान कार्यक्रम



धनगढी : साझा पार्टीले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

धनगढी उप-महानगरपालिका वडा नं.७ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आयोजना गरिएको रत्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा सहभागी १९ जनाले एक-एक पिन्ट रगतदान गरेको साझा पार्टीले जनाएको छ । लकडाउनको समयमा हुन सक्ने रगतको अभावलाई ध्यानमा राख्दै नेपाल रेडक्रससँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको साझा पार्टी कैलालीको अभियान विभाग प्रमुख चुन्नु केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्