बाघको आक्रमणबाट एक घाइते 



चितवन : कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी छन् ।

बुधबार राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केसीको हात र खुट्टामा चोट छ । 

प्रतिक्रिया दिनुहोस्