मूल्य सूचि नराखी जथाभावी मासु बिक्रि गर्ने पसललाई कार्बाहि



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य सूचि नराखी जथाभावी मासु बिक्रि गरेको पाइएपछि कार्बाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा राजु फ्रेस हाउस, डिल्लीबजारले मूल्य सूचि नराखी जथाभावी मासुको बिक्रि गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई ५० हजार जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्