तत्काल लकडाउन खोल्न हतार नगरौं : मुख्यमन्त्री गुरुङ



पोखरा : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन गरिएको लकडाउन खोल्न तत्काल हतार नगर्नन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

भारतमा संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि तत्काल लकडाउन खोल्नु उपयुक्त नहुने उनले बताएका हुन् ।

अन्य देशहरुको पनि अभ्यासलाई हेरिनुपर्नेमा उनको छ ।

पोखरामा शनिबार मुख्यमन्त्री कार्यालय परिसरमा भएको पत्रकारहरुसंँगको छलफलमा उनले यस्तो बताएका हुन् । सरकारले देशभर लागू गरेको लकडाउनको अवधि सकिन दुई दिन बाँकी हुँदा उनले यस्तो धारणा राखेका हुन् ।

उनले विकास निर्माण र उत्पादन क्षेत्रलाई भने सुरक्षाका सबै विधि अपनाएर खुल्ला गर्दै लकडाउन कायम राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्