कोरोना संक्रमणका कारण लण्डनमा साहित्यकार गोपाल शाहीको निधन



काठमाडौं : पूर्वगोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण लण्डनमा निधन भएको छ । कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको बुधबार दिउँसो निधन भएको हो । लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।

पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले कोरोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मुक्त भएको बताइएको छ । साहित्य सृजनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक गतिविधिमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्