लकडाउन खुकुलो नबनाउने उच्चस्तरीय समितिको निष्कर्ष



काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज (शनिबार) बसेको समितिको बैठकले देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको निष्कर्ष निकालेको हो ।

वैशाख १५ गते लकडाउनको अवधि सकिँदैछ । यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

शुक्रबारको मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए ।

समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ । यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्