साना व्यापारलाई समेट्ने गरी राहत प्याकेज घोषणा गर्न राष्ट्रिय व्यापार संघको माग



काठमाडौं : राष्ट्रिय व्यापार संघले साना व्यापारलाई समेट्ने गरी राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।

संघले कोरोना भाइरसका कारण लकडाउन जारी भएपछि व्यापार व्यवसाय ठप्पप्रायः बन्न पुगेको भन्दै राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको हो।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै निम्न तथा मध्यमस्तरीय व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउन बैंक, वित्तीय संस्था र सहकारी संस्थाको ब्याजको मिनाहा, घरभाडा मिनाहा, सरकारलाई भुक्तानी गर्नुपर्ने कर मिनाहा तथा सरलीकरणलगायतका प्याकेज घोषणा गर्न सरकारसँग माग संघले गरेको छ।

प्रतिक्रिया दिनुहोस्