सहिद पिताको निधन



काठमाडौं : प्रजातान्त्रिक आन्दोलनका सहिद खगेन्द्र दाहालका पिता डिल्लीराम दाहालको ८९ वर्षको उमेरमा सहिद गङ्गालाल हृदयरोग अस्पताल, बाँसबारीमा उपचारका क्रममा आज निधन भएको छ ।

उनी क्यान्सर रोगबाट पीडित थिए । उनका पत्नी, दुई छोरा र तीन छोरी छन् । ओखलढुङ्गा जिल्लाको तत्कालीन वरुणेश्वर-१ (हाल मोलुङ गापा-२) बाट खगेन्द्र दाहाल प्रजातन्त्र प्राप्तिको संघर्षमा दलविहीन पञ्चायती व्यवस्थाको विरोधका क्रममा जेल परेका थिए ।

वि.सं.२०३१ असोज १३ गते जेल सार्ने निहुँमा पञ्चायती शासनले उनको बर्वरतपूर्ण हत्या गरेको थियो । वरुणेश्वर सहिद भूमिका रुपमा परिचित रहेको छ । मृतक डिल्लीराम दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् ।

उनका माइला छोरा फणीन्द्र दाहालले स्वर्गीय डिल्लीरामको पार्थिव शरिरमा दागबत्ती दिए । उनलाई ओखलढुङ्गा जिल्लाका पूर्वमन्त्री, विभिन्न पार्टीका नेता, प्रतिनिधिसभा सदस्य तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली दिए । रासस

प्रतिक्रिया दिनुहोस्