क्वारेन्टाइनमा बसेकाहरुमा औलोको संक्रमण



काठमाडौं : गर्मीयाम सुरु भएसँगै औलोको संक्रमण देखिन थालेको छ। कोरोनाको जोखिम रहेको बेला औलोको संक्रमण पनि देखिन थालेको हो। त्यति मात्र हैन क्वारेन्टाइनमा रहेका केहीमा पनि औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए तर उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।

प्रतिक्रिया दिनुहोस्