जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



धनुषा : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

धनुषा विदेह नगरपालिका-६ बस्ने २७ वर्षीय संजिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धाबाट खटिएको प्रहरीले पासवानलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्