कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु



कैलाली : घोडाघोडी नगरपालिकाको कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको हो । नुहाउने क्रममा कान्द्रा नदीमा डुबेर घोडाघोडी नगरपालिका १२ वन वर्षाका राजेन्द्र चौधरीका ११ वर्षिय छोरा सचिन चौधरी र बैजनाथ चौधरीका १४ वर्षिय छोरा अनिश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा नुहाउन गएका उनीहरु पौडिन नजान्दा डुबेर मृत्यु भएको हो । नदीमा डुबेर बेपत्ता बालकलाई प्रहरी र स्थानियको सहयोगमा करिव ४ घण्टा पछि मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्