सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाउन सरकारलाई कांग्रेसको आग्रह



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको माहामारीका बेल सचेतना, राहत, उपचार र उद्धारमा तदारुकता बढाउन सरकारलाई आग्रह गरेको छ।

शनिबार कांग्रेसले विदेशमा रहेका ५० लाख नेपालीको वर्तमान स्थिति बारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै सरकारलाई यस्तो आग्रह गरेको हो।

‘नेपाल देशले एकातर्फ नेपाल भित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपाल बाहिर करिब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नुछ’, प्रेस विज्ञप्ति मार्फत कांग्रेसले भनेको छ।

प्रतिक्रिया दिनुहोस्