सांसद अपहरण काण्डमा संलग्‍नलाई तत्काल कारबाही गर्न ६ विद्यार्थी संगठनको माग



काठमाडौं : पूर्वमन्त्री डा. सुरेन्द्र यादवको अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रवि संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दुईजना सत्तारुढ दलका सांसदसहित पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट पूर्वमन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेर काठमाडौं ल्याएर पार्टी फुटाउन दबाब दिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्