क्वारेन्टाइनमा बसेका १५ जनामा औलो



धनगढी : सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसेका १५ जनामा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा बसेका मानिसहरुमा औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

ससुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएकोमा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । औलो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । विशेष गरी गर्मियाममा यो रोग देखापर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्