बिक्रिबिल जारी नगर्ने पसललाई २ लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिक्रिबिल जारी नगरी अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा ललितपुरको चापागाउँमा रहेको शिब कोल्ड स्टोर्सले बिक्रिबिल जारी नगरी अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई २ लाख जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्