कुवेतमा रहेका गैरकानूनी नेपालीलाई फिर्ता ल्याऊ : कांग्रेस नेता भट्टराई



काठमाडौं : नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कुवेतमा रहेका नेपालीलाई फिर्ता ल्याउन सरकारसँग माग गरेका छन्।

भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका झण्डै चार हजार नेपालीलाई तत्काल फिर्ता ल्याउने प्रवन्ध गर्न सरकारसँग माग गरेका हो।

कुवेत सरकारले सबै गैरकानूनी रुपमा बस्दै आएका कामदारहरुलाई आममाफी दिएर टिकटको समते व्यवस्थासहित आफ्नो देश पठाउने निर्णय गरेको भन्दै उनले नेपालीहरुलाई फिर्ता ल्याउन आग्रह गरेका हुन्।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्