आज बडादसैंको चौथो दिन, देवीभवानी कुष्माण्डा माताको पूजा



काठमाडौं: विजयदशमीको आज चौथो दिन। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दसैंघर, विभिन्न शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ। 

 

नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहेको छ।

 

सनातन हिन्दु धर्मावलम्बीहरूले नौ दिनसम्म दसैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूपा भगवतीको आराधना गर्दछन्।

 

नवरात्रको चौथो दिन शनिबार काठमाडौं उपत्यकाका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, संकटा, बज्रबाराही, नवदुर्गा लगायत देशैभरिका शक्तिपीठहरूमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्