कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो



एजेन्सी : करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्