कोरोना भाइरस : इटालीमा २६ हजारभन्दा बढीको मृत्यु



एजेन्सी : कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ ।

शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ५ हजार ८४७ जनामध्ये २ हजार १०२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्