लकडाउनबारे निर्णय लिन २ बजे मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं : लकडाउनको विषमा निर्णय लिन आज (आइतबार) दिउँसो मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा दिउँसो २ बजे बस्ने बैठकमा जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय हुने छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा नै लकडाउनबारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली सोमबार) सकिदैछ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन एक साता बढाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो । समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन शुरु गरेको हो । आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्