प्रह्लाद र नित्य यूगल गायन ‘ऐँचो पैँचो दिएको‘ गीत सार्वजनिक



काठमाडौं : गायक प्रह्लाद तिमिल्सिना र गायिका नित्याशिवाको यूगल गायनमा एक लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘ऐँचो पैँचो दिएको‘’ बोलको गीतमा शंकर अधिकारी घायलको शब्द तथा संगीत रहेको छ ।

शंकर अधिकारी घायल विगत २ दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिया छन् । उनकै शव्दमा यो नृत्यपरक गीत तयार भएको छ । गीतको म्युजिक भिडियो चाडैँ बजारमा ल्याउने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्