गुर्जा हिमालमा हिमपहिरोमा नाैं जना बेपत्ता, मृत्यु भएकाे हुन सक्ने अाशंका



काठमाडौं : गुर्जा हिमाल आरोहरणमा गएको टोली हिमपहिरोमा परेको छ । म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ९ जनाको बेपत्ता भएका छन् । 

७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासि हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए । 

प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजे भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्